पीएसजीको फ्रेन्च लिग वान फुटबलमा सानदार जित

पीएसजीको फ्रेन्च लिग वान फुटबलमा सानदार जित : Icon Khabar

काठमाडौं, फागुन १५ । स्टार स्ट्राईकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीमाथि सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा शीर्षटोली पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलीलाई ३–० गोलले हरायो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा मेस्सीले गोल गरे । एमबाप्पेले २५ औँ मिनेटमा गोल गर्दै पीएसजीको उत्साह जगाए।

त्यसपछि २९औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यससँगै मेस्सीले क्लब फुटबलका सातसय गोल पूरा गरेका छन् । मेस्सी सात सय गोल पूरा गर्ने पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो पछि दोस्रो खेलाडी पनि बनेका छन्।

५५औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सजिलै जिते । जितसँगै उपाधि होडमा रहेको पीएसजीले २५ खेलमा ६० अङ्क बनाएको छ । पराजित मार्सेली ५२ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts