नेप्सेमा सामान्य अङ्कको गिरावट

नेप्सेमा सामान्य अङ्कको गिरावट : Icon Khabar

काठमाडौं, फागुन १५ । सोमबार नेप्से परिसूचक ३.६५ अंक घटेर २०२३.५४ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.८५ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २५९ स्टकको ३७ हजार ३३८ पटकको कारोबारमा १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको ५१ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.७३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ९.३५ प्रतिशत बढेको छ भने तारागाउँ रिजेन्सी होटल र उपकार लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। आज राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआईसी एशियाको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधकि १.३८ बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत घटेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts
ताजा
भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता
नेपाली फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्ममा
विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण त्रिविद्वारा सरकारसँग सुरक्षा माग


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल