होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापताकासहितको तीनखण्डे चीर

होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापताकासहितको तीनखण्डे चीर : Icon Khabar

काठमाडौं, फागुन १५ ।  वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ ।  बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीमा ठड्याइएको रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरु हुन्छ । चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाहगरेपछि होली समाप्त हुन्छ।

यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ ।

Published Date: 27 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा