आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन : Icon Khabar

काठमाडौं, फागुन १५ । आत्मनिर्भर लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts


ताजा
कमलविनायक सहकारीकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
नेपाल घुम्न आउने विदेशी पर्यटकले पाँच हजार अमेरिकी डलरसम्म ल्याउन पाउने
भक्तपुरको न:पुखुमा आजबाट घरेलु उत्पादन प्रवर्द्वन मेला सुरु
‘ऊनको स्वीटर’ फिल्म चौथो हप्तामा, २०८२ को पहिलो सुपरहिट
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग