आठ दलको बैठक बालुवाटारमा

आठ दलको बैठक बालुवाटारमा : Icon Khabar

काठमाडौं, फागुन १४ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।

बैठकमा सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी थिए ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts