टिभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजीराइड भारतमा

टिभिएसको पहिलो अन्तर्राष्ट्रिय एओजीराइड भारतमा : Icon Khabar

काठमाडौं, फागुन १४ । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय माक्र्यु राइडको बिहिबार बाट सुरुभएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको केन्द्रिय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवाल उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, “यो कार्यक्रमले नेपालक ाविभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धनगर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपालपर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ ।”

परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिककार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्नरहने ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजनागर्दै आफ्नो उपस्थितिलाई नया ँउचाइमा पु¥याएको छ ।

२१ दिने लामो माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । पहिलो दिन काठमाडौं बाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।

मोटोसोल भारतको बारे बोल्दै टिभिएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भने, “हामीविश्व भरिका लाखौं मोटरसाईकलपारखीहरुलाई एउटै साझाप्लेटफर्ममा देख्दानिकै हर्षित छौं । यो एउटा समुदायमात्रहोइन, लाखैं युवाहरुको प्रेरणाको श्रोतको जस्ले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाकाकुराहरु द्वारा उनिहरु जोड्ने काम गर्छ ।” उनले थपे, “म नेपालको सहभागिता देखेर खुशी छु । यो नेपाल र बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय राइड हो र हामीमोटरसाइकलका परखीहरुलाई मोटोसोलमा स्वागतगर्न निकै उत्साहित छौं।”

मानिस र मेशीनबिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए।

काठमाडौं बाट रक्सौलहुँदै यो राइडगया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट फेरि रक्सौल हुँदै काठमाडौंमाआएर सम्पन्नहुन्छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवाजाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् ।यस राइडको क्रममामार्च ३ र ४ मागोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमार टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।

अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।

कम्पनी र एओजीको बारेमा

नेपालकालागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गतमार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस् ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको जोशको उत्सव मनाउने गरेको छ ।

स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनरस् ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफलभएको छ । ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइड सहित २८ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेको छ । यि राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणी लगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभीएसका दूई पांग्रे सवारी साधनकालागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमाउच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु,बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएका ेटू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts