सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा : Icon Khabar

काठमाडौं, फागुन १४ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

यता सन्दीपले भने आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो । दुवै मुद्दामाथि आइतबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडाँलको इजलासमा सुनुवाइ गरिएको थियो ।

आइतबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । यस मुद्दाको सुनुवाइ सामेबार यही इजलासमा हुने पनि पौडेलले बताए।

सन्दीपविरुद्ध नाबालिग बलात्कार मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

Published Date: 26 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर