सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा : Icon Khabar

काठमाडौं, फागुन १४ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

यता सन्दीपले भने आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो । दुवै मुद्दामाथि आइतबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडाँलको इजलासमा सुनुवाइ गरिएको थियो ।

आइतबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । यस मुद्दाको सुनुवाइ सामेबार यही इजलासमा हुने पनि पौडेलले बताए।

सन्दीपविरुद्ध नाबालिग बलात्कार मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts