“पैदल र पेडल मैत्री शहर”को मुल उद्वेश्य सहितको साइकल कनेक्ट भक्तपुरको नेतृत्चमा निर्जला कोजु

“पैदल र पेडल मैत्री शहर”को मुल उद्वेश्य सहितको साइकल कनेक्ट भक्तपुरको नेतृत्चमा निर्जला कोजु : Icon Khabar

भक्तपुर, फागुन १४ । भक्तपुर जिल्लामा साइकल संस्कृति प्रवर्धन गर्न “पैदल र पेडल मैत्री शहर”को मुल उद्वेश्य सहित सुरुवात भएको साइकल कनेक्ट भक्तपुरमा निर्जला कोजुको नेतृत्वमा ७ सदस्य सहित दोस्रो कार्यसमिति गठन भएको छ।

नयाँ कार्यसमितको अध्यक्षमा निर्जला कोजु, उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल तथा सदस्यहरु रितेश मचामसी, बिकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन्।

सल्लाघारी चोंगा गणेश अवस्थित नेपाल इको प्यानलको प्रांगणमा संस्थाका सल्लाहकारद्वय गणेश प्रसाद दुवाल र सुनिल ख्याजुको उपस्थितिमा शनिवार एक कार्यक्रमबीच संस्थापक अध्यक्ष सुमित बालाले निर्जला कोजुलाई सपथ ग्रहण सहित अध्यक्षको पदभार हस्तान्तरण गरेका थिए।

नव गठित कार्यसमितिलाई सल्लाहकारद्वय गणेश प्रसाद दुवाल र सुनिल ख्याजुले बधाइ तथा शुभकामना मन्तव्य दिदै छोटो समयमा नै साइकल कनेक्ट भक्तपुरले देशव्यापीरूपमा साइकलप्रेमीहरू बीच पृथक पहिचान स्थापना गर्न सक्षम भएको र निरन्तर कार्यक्रम गर्न सके उद्वेश्य प्राप्तिमा सफलता मिल्ने विचार व्यक्त गरे।

साथै कार्यक्रममा निवर्तमान उपाध्यक्ष बिकेश थुसाले हरेक संस्थामा ताजिकीकरण आवश्यक रहने हुनाले नयाँ कार्यसमिति गठन गरेको तर आगामि दिनमा पनि सम्पुर्ण टिम विगतमा जसरी अग्रस्थानमा बसेर नै कार्यक्रमहरू गर्न योगदान रहिरहने बताए। निवर्तमान अध्यक्ष सुमित बालाले साइकल कनेक्ट भक्तपुरको उद्वेश्यबारे थप प्रष्ट पार्दै नविन तरिकाले कार्यक्रम विकास र सञ्चालन गर्दा कसरी व्यापक सहभागिता गराउन सकिन्छ भन्ने बारे बोलेका थिए।

उक्त कार्यक्रममा साइकल कनेक्ट भक्तपुरको तर्फबाट नेपाल साइकलिङ एसोसियसनले आयोजना गरेको प्रथम क्रस कन्ट्रि इलिमिनेशन च्याम्पियनशीपमा सहभागी भई सिल्भर मेडल विजेता पुजन मगर तथा ब्रोन्ज मेडल बिजेता बिरेन्द्र डोङलाईपनि बधाइ ज्ञापन तथा सम्मान गरिएको थियो । युवाहरूलाई स्वस्थ, अनुशासित तथा समाज प्रति उत्तरदायी बनाउन यस प्रकारको खेलकुद कार्यक्रमले योगदान पुर्याउदै आएको छ।

Published Date: 26 February 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली