काठमाडौंमा यो बर्षको हिउँदको पहिलो वर्षा

काठमाडौंमा यो बर्षको हिउँदको पहिलो वर्षा : Icon Khabar
भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा आज दिउँसो पानी पर्दै गर्दाको दृश्य तस्बिर: अमित बनमाला

काठमाडौं, फागुन १४ । काठमाडौंमा आइतबार छिटफुट पानी परेको छ । काठमाडौंमा यो हिउँदमा यो पहिलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंसँगै अहिले कास्कीको पोखरालगायत देशका केही स्थानमा पानी परिरहेको विभागले जनाएको छ । त्यस्तै मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात भएको विभागले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts