एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने

एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने : Icon Khabar

काठमाडौं, कार्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दुई महत्त्वपूर्ण खेल हुँदैछन्।

दिउँसो १२:३० बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन्। चार खेलबाट दुई जित र दुई हार बेहोरेको सुदूरपश्चिम प्लेअफ सम्भावना बलियो बनाउन जितको खोजीमा हुनेछ। तीन खेलमा एक जित र दुई हार निकालेको कर्णाली पनि अंक तालिकामा सुधार गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। तीन खेलबाट तीन अंक जोडेको चितवन जित निकाल्दै तालिकामा सुधार गर्न चाहन्छ। लगातार हार बेहोरेको पोखरा भने प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ।

प्लेअफ समीकरणलाई प्रभावित पार्न सक्ने आजका दुवै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Published Date: 06 November 2026
Website | + posts




















ताजा
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने
तिहारको अवसरमा ‘पाँच पाण्डव’ आजदेखि देशभर प्रदर्शनमा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक