सरकारले सिंहदरबार प्रवेशका लागि प्रवेश पास जारी गर्ने 

सरकारले सिंहदरबार प्रवेशका लागि प्रवेश पास जारी गर्ने  : Icon Khabar

काठमाडौं, फागुन १४ । सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्नका लागि फोटोसहितको प्रवेशपत्र जारी गर्ने तयारी गरेको छ ।

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले केन्द्रीय प्रवेश पास वितरण प्रणालीलाई आवश्यक तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको समितिको बैठकले गृहसचिव विनोदप्रकाश सिंहलाई फोटोसहितको कम्प्युटरमा आधारित केन्द्रीय प्रवेश पास वितरण गर्न निर्देशन दिएको हो ।

बैठकले सिंहदरबारको पश्चिम नाकाबाहेक अन्य प्रवेशद्वारबाट कर्मचारीलाई प्रवेश र निस्कने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

Published Date: 26 February 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली