सरकारले सिंहदरबार प्रवेशका लागि प्रवेश पास जारी गर्ने 

सरकारले सिंहदरबार प्रवेशका लागि प्रवेश पास जारी गर्ने  : Icon Khabar

काठमाडौं, फागुन १४ । सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्नका लागि फोटोसहितको प्रवेशपत्र जारी गर्ने तयारी गरेको छ ।

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले केन्द्रीय प्रवेश पास वितरण प्रणालीलाई आवश्यक तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको समितिको बैठकले गृहसचिव विनोदप्रकाश सिंहलाई फोटोसहितको कम्प्युटरमा आधारित केन्द्रीय प्रवेश पास वितरण गर्न निर्देशन दिएको हो ।

बैठकले सिंहदरबारको पश्चिम नाकाबाहेक अन्य प्रवेशद्वारबाट कर्मचारीलाई प्रवेश र निस्कने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts