काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, फागुन १४ । पश्चिमी वायुको सामान्य प्रभावले आज देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् रोजना लामिछानेले बताइन् ।

तीनै प्रदेशका पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज पनि मौसममा आंशिक बदली भई वर्षाको सम्भावना रहेको छ ।

अबको केही दिनमा प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा बिहान र बेलुका मौसम सफा हुने लामिछानेले बताइन् ।

आज काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।

Published Date: 26 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर