काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, फागुन १४ । पश्चिमी वायुको सामान्य प्रभावले आज देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् रोजना लामिछानेले बताइन् ।

तीनै प्रदेशका पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज पनि मौसममा आंशिक बदली भई वर्षाको सम्भावना रहेको छ ।

अबको केही दिनमा प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा बिहान र बेलुका मौसम सफा हुने लामिछानेले बताइन् ।

आज काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts