मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम अन्तिम चरणमा

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको काम अन्तिम चरणमा : Icon Khabar

बारा, फागुन १४ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल आयात गर्ने पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम (आईओसी) ले अमलेखगन्ज डिपोमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति गर्न आवश्यक पूर्वाधार निर्माणको काम पनि सुरु गरिसकेका छन् ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयातका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको निगमको मधेश क्षेत्रीय कार्यालय प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए । पाइपलाइनबाट आपूर्ति हुने पेट्रोल र मट्टितेलको भण्डारण, अमलेखगन्ज डिपोको भण्डारण क्षमता विस्तार, प्रयोगशाला र अटोमेटिक मेसिन निर्माण गरी तीन क्षेत्रमा बजेट खर्च भइरहेको उनले बताए ।

पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्तिको काममा खर्च हुने चार अर्ब रुपैयाँमा आइओसीले एक अर्ब र एनओसीले तीन अर्ब रुपैयाँ दिने यादवले बताए ।

हाल भारतको बिहारको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमार्फत डिजेल मात्र आपूर्ति भइरहेको छ ।

भारतको बिहारको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेलको आपूर्ति सुरु भएपछि वार्षिक १ अर्ब ८० करोड रुपैयाँ बचत हुने यादवले बताए ।

त्यसैगरी अमलेखगञ्ज डिपोमा निर्माणाधीन भण्डारण क्षमता विस्तार, ल्याब निर्माण र अटो मेसिनको काम सन् २०२४ मा सम्पन्न गरी पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति गर्ने लक्ष्य रहेको उनले बताए ।

अमलेखगन्ज डिपोमा ४१०० किलो लिटर क्षमताका दुईवटा पेट्रोल ट्याङ्की, दुई सय ५० किलो लिटर क्षमताको दुई ट्रान्समिक्स ट्याङ्की, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण भइरहेको उनले बताए।

त्यसैगरी अग्नि नियन्त्रक प्रणालीको स्तरोन्नति, पानी र तेल छुट्याउन डब्लुएस प्रणाली र पीएमसीसी कोठा निर्माणको काम पनि भइरहेको यादवले बताए । अमलेखगन्ज डिपोमा पेट्रोल र मट्टितेल भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणको ठेक्का लिएको लिखिता इन्फ्रास्ट्रक्चर प्रालिले २०२४मा निर्माण सम्पन्न गर्ने काम गरिरहेको उनले बताए ।

Published Date: 26 February 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली