रियल म्याड्रिड हारबाट जोगिएको

रियल म्याड्रिड हारबाट जोगिएको : Icon Khabar

काठमाडौं, फागुन १४ । एजेन्सी – घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले गोलको लागि निकै संघर्ष गर्नुपर्दा उल्टै गोल खान पुगेको थियो ।

६४औं एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । एन्टेनियो रुडिगरमाथि फउल गर्न पुगेपछि एन्जल कोरेआ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुग्यो । तर, त्यसको फाइदा रियलले उठाउन सकेन ।

७८औं मिनेटमा जोश जिमिनेजले गोल गरेपछि रियल खेलमा १–० ले पछि पर्यो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए । ५औं मिनेटमा परिवर्तित युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गर्दै रियललाई हारबाट जोगाए ।

७७औं मिनेटमा नाँचो फर्नान्डेसको स्थानमा मैदान छिरेका १८ वर्षीय अल्भारोले लुका मोड्रिचको हेडर पासमा गोल गर्न सफल भएका थिए ।

यस बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलले २३ खेलबाट ५२ अंक जोड्दा शीर्षस्थानको बार्सिलोनासँग ७ अंकले पछि परेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ । एट्लेटिको ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

Published Date: 26 February 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर