रियल म्याड्रिड हारबाट जोगिएको

रियल म्याड्रिड हारबाट जोगिएको : Icon Khabar

काठमाडौं, फागुन १४ । एजेन्सी – घरेलु मैदानमा रियलले १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा पाहुना टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले गोलको लागि निकै संघर्ष गर्नुपर्दा उल्टै गोल खान पुगेको थियो ।

६४औं एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । एन्टेनियो रुडिगरमाथि फउल गर्न पुगेपछि एन्जल कोरेआ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुग्यो । तर, त्यसको फाइदा रियलले उठाउन सकेन ।

७८औं मिनेटमा जोश जिमिनेजले गोल गरेपछि रियल खेलमा १–० ले पछि पर्यो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए । ५औं मिनेटमा परिवर्तित युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गर्दै रियललाई हारबाट जोगाए ।

७७औं मिनेटमा नाँचो फर्नान्डेसको स्थानमा मैदान छिरेका १८ वर्षीय अल्भारोले लुका मोड्रिचको हेडर पासमा गोल गर्न सफल भएका थिए ।

यस बराबरीसँगै दोस्रो स्थानमा रहेको रियलले २३ खेलबाट ५२ अंक जोड्दा शीर्षस्थानको बार्सिलोनासँग ७ अंकले पछि परेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ । एट्लेटिको ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts
ताजा
विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण त्रिविद्वारा सरकारसँग सुरक्षा माग
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल