राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम

राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम : Icon Khabar

काठमाडौं, फागुन १४ । राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आइतबार दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ।

गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ।

आठ राजनीतिक दलको समर्थनमा ७८ वर्षीय पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् भने नेम्वाङले उम्मेदवारी दर्ता गराउँदा नेकपा (एमाले)बाहेकको दलको प्रतिनिधित्व थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने राष्ट्रपति पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अनिर्णीत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts