राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम

राष्ट्रपति निर्वाचन : आज दाबी विरोधमा उजुरी दिने कार्यक्रम : Icon Khabar

काठमाडौं, फागुन १४ । राष्ट्रपति पदको निर्वाचन तालिकाबमोजिम आइतबार दाबी विरोधमा उजुरी दिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान १० देखि २ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका रहेको छ।

गणतन्त्र नेपालको चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ।

आठ राजनीतिक दलको समर्थनमा ७८ वर्षीय पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन् भने नेम्वाङले उम्मेदवारी दर्ता गराउँदा नेकपा (एमाले)बाहेकको दलको प्रतिनिधित्व थिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने राष्ट्रपति पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा अनिर्णीत छन्।

Published Date: 26 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर