सिर्जना र कविराज सम्मानित

सिर्जना र कविराज सम्मानित : Icon Khabar

काठमाडौं, फागुन १३ । गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई शनिबार नगदसहित सम्मान गरेको छ ।

डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् । गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) मा सिर्जनाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल टु पारा तेक्वान्दो प्रशिक्षक लामाले उक्त प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

उनीहरुलाई संघीय सांसद मोहनबहादुर बस्नेत र डोजाङ प्रमुख प्रेम भण्डारीले नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

Published Date: 25 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?