क्रिकेटर सम्भाब्य सम्मानित

क्रिकेटर सम्भाब्य सम्मानित : Icon Khabar

काठमाडौं, फागुन १३ । रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाब्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको कार्यक्रममा विद्यार्थीहरुले करातेको प्रस्तुती प्रदर्शन गर्नुका साथै आकर्षक नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2023
Website |  + posts
ताजा
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न
मौसम पूर्वानुमान : यी स्थानहरुमा वर्षाको सम्भावना
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व
मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो