क्रिकेटर सम्भाब्य सम्मानित

क्रिकेटर सम्भाब्य सम्मानित : Icon Khabar

काठमाडौं, फागुन १३ । रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाब्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको कार्यक्रममा विद्यार्थीहरुले करातेको प्रस्तुती प्रदर्शन गर्नुका साथै आकर्षक नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2023
Website | + posts
ताजा
विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण त्रिविद्वारा सरकारसँग सुरक्षा माग
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल