मुर्खले के बोल्छ त्यो ठुलो होइन, उसले जे गर्छ त्यो महत्वपूर्ण हुन्छ: अध्यक्ष विजुक्छें

मुर्खले के बोल्छ त्यो ठुलो होइन, उसले जे गर्छ त्यो महत्वपूर्ण हुन्छ: अध्यक्ष विजुक्छें : Icon Khabar

भक्तपुर, फागुन १३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले राजनीतिमा संख्याको आधारमा नेता र दललाई अगाडी बढाए देश पछि पर्ने भन्दै मुर्खले के बोल्छ त्यो ठुलो होइन, उसले जे गर्छ त्यो महत्वपूर्ण हुने भनेका छन् ।

आज सम्पन्न ‘दोस्रो भक्तपुर कप-२०७९’पुरस्कार वितरण कार्यक्रममा उनले उक्त ब्यङ्यात्मक टिप्पणी राखेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले बोल्दै खेल देशको सिमा सुरक्षाको लागि पनि हुनु पर्ने बताए। कार्यक्रममा उनले राजनीतिक दल र सरकारमा जानेले देश र जनताको पक्षमा उत्साह देखाए देश अगाडी बढ्ने बताए।

उनले राजनीतिमा संख्याको आधारमा नेता र दललाई अगाडी बढाए देश पछि पर्ने भन्दै मुर्खले के बोल्छ, त्यो ठुलो होइन उसले जे गर्छ, त्यो महत्वपूर्ण हुने, भनि व्यंग्य गरेका थिए ।

‘मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ २०५० सालमा स्थापित भक्तपुर युवा टिमको दोस्रो सस्करण भक्तपुर कप २०७९ को समितिका अध्यक्ष केशब त्वानाबासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु भक्तपुर जिल्ला खेलकुद विकास समितिका दिपक थापा , भनपा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल , समितिका सल्लाहकार भनपा ७ का अध्यक्ष उकेश कवां र सस्थापक अध्यक्ष विश्वराम कवां लगाएतको उपस्थिति रहेको थियो।

दोस्रो भक्तपुर कप-२०७९ फुटबल प्रतियाेगितकाे शनिबार भएको फाइनलखेलमा केदारनाथ सुटर्सविरूद्ध टाइब्रेकरमा पेनाल्टी सुटआउटबाट जित हासिल गर्दै हिलिङ हाेमले प्रतियाेगितकाे उपाधि चुमेको हो ।

विजयी टिम र खेलाडीहरूलाई प्रमुख अतिथि  विजुक्छें लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2023
Website | + posts