‘दोस्रो भक्तपुर कप-२०७९’को उपाधि हिलिङ होम एफसीलाई

‘दोस्रो भक्तपुर कप-२०७९’को उपाधि हिलिङ होम एफसीलाई : Icon Khabar

भक्तपुर, फागुन १३ । दोस्रो भक्तपुर कप-२०७९ फुटबल प्रतियाेगितकाे उपाधि हिलिङ होम एफसीले जितेको छ । शनिबार भएको फाइनलखेलमा केदारनाथ सुटर्सविरूद्ध टाइब्रेकरमा पेनाल्टी सुटआउटबाट जित हासिल गर्दै हिलिङ हाेमले दोस्रो भक्तपुर कप-२०७९ फुटबल प्रतियाेगितकाे उपाधि चुमेको हो ।

भक्तपुरकाे महेश्वरी खेलमैदानमा भएको फाइनल खेलकाे निर्धारित समयमा दुवै टीमले दुई-दुई गोलकाे बराबरी खेलेपछि टाइब्रेकरबाट उपाधिकाे छिनाेफानाे भएकाे हाे । जसमा हिलिङ हाेमले २-४ गोलकाे नतिजा निकाल्दै उपाधि पक्का गरेको हो ।

हिलिङ होमका देवराज तामाङले टिमलाई खेलकाे साताैं मिनेटमै गाेल गर्दै सुरूआती अग्रता दिलाएका थिए भने केदारनाथ सुटर्सका लागि सुदर्शन श्रेष्ठले ३४औं मिनेटमा बराबरी गाेल फर्काए थिए ।बराबरी चलेको खेलको केहि समय पछि खेलको ४३औं मिनेटमा देवराजकै गाेलमा हिलिङ हाेमले पुन: अग्रता लिएका थिए र पहिलो हाफ २-१ ले टुंगिएको थियो।

प्रस्तिस्पर्धात्मक खेलको दोस्रो हाफमा ६६औं मिनेटमा केदारनाथका सतिश सुवालले गाेल गरेपछि खेल बराबरीमा टुंगिएर पेनाल्टी सुटआउट भएको थियो र हिलिङ हाेमले २-४ गोलकाे नतिजा निकाल्दै उपाधि कब्जा गरेको थियो।

उपाधिसँगै हिलिङ होम एफसीले नगद एक लाख २५ हजार हात पारेकाे छ । त्यस्तै उपविजेता केदारनाथ सुटर्सले नगद ६५ हजार प्राप्त गरेकाे छ । भक्तपुर युवा टिमको आयोजनामा सम्पन्न प्रतियोगिताको अनुशासित टिम पाण्डुबजार एफसी घोषित भयाे भने उत्कृष्ट खेलाडी केदारनाथ सुटर्सका सतिश सुवाल घोषित भए भने अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई नगद दश दस हजार र ट्रफी प्रदान गरिएको थियो ।त्यस्तै प्रतियोगितकाे उत्कृष्ट मिडफिल्डर, डिफेण्डर, गोलकिपर, प्रशिक्षक र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्रदान गरिएको थियो ।

विजयी टिम र खेलाडीहरूलाई प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले बोल्दै खेल देशको सिमा सुरक्षाको लागि पनि हुनु पर्ने बताए। कार्यक्रममा उनले राजनीतिक दल र सरकारमा जानेले देश र जनताको पक्षमा उत्साह देखाए देश अगाडी बढ्ने बताए। उनले राजनीतिमा संख्याको आधारमा नेता र दललाई अगाडी बढाए देश पछि पर्ने भन्दै मुर्खले के बोल्छ, त्यो ठुलो होइन उसले जे गर्छ, त्यो महत्वपूर्ण हुने, भनि व्यंग्य गरेका थिए ।

‘मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ २०५० सालमा स्थापित भक्तपुर युवा टिमको दोस्रो सस्करण भक्तपुर कप २०७९ को समितिका अध्यक्ष केशब त्वानाबासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु भक्तपुर जिल्ला खेलकुद विकास समितिका दिपक थापा , भनपा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल , समितिका सल्लाहकार भनपा ७ का अध्यक्ष उकेश कवां र सस्थापक अध्यक्ष विश्वराम कवां लगाएतको उपस्थिति रहेको थियो।

फागुन ५ देखि सुरू भएको प्रतियाेगितामा १६ टिम सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2023
Website | + posts