राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज साँझ ५ बजे चार दलको बैठक बस्दै

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज साँझ ५ बजे चार दलको बैठक बस्दै : Icon Khabar

काठमाडौं, फागुन १२ । निर्वाचनपूर्व सत्तारुढ गठबन्धनका चार दलबीच आज साँझ ५ बजे पुनः बैठक बस्दैछ । राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने कार्यसूची रहेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको बैठक एउटै एजेण्डामा तीन घण्टासम्म चलेको थियो ।

बैठकमा राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली काँग्रेसका महासचिव गगन थापाले जानकारी दिए । महासचिव थापाले पनि दलहरुबीचको छलफल सकारात्मक भएको बताए ।

थापाले भने, ‘आज फेरि साँझ ५ बजे बैठक बस्नेछ । त्यही बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्नेछ।

साँझको बैठकअघि चार दलका शीर्ष नेताहरुले आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्ने बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

Published Date: 24 February 2023






ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड