काठमाडौं, मंसिर ११ । शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज प्रतितोला १२० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ हजार ७५ रुपैयाँ थियो ।