चलचित्र ‘छड्के २’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘छड्के २’ को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन १२ । फागुन १९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अनमोल केसीलाई समूहको नाइकेका रूपमा प्रस्तुत गरिएको छ । हिमाली जिल्ला मनाङको कथामा बनेको यो चलचित्रमा अनमोल ‘ग्याङस्टार’ को भूमिकामा रहेको छ। अनमोल चलचित्रभित्रका तीनवटा ग्याङमध्ये एउटा ग्याङको नाइकेको भूमिकामा रहेको ।

चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलिलगायतका कलाकारको अभियन छ । चलचित्र निगम श्रेष्ठले निर्देशन गरेको हो भने निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् ।

Published Date: 24 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग