अब उपत्यकाका प्रमुख सडकमा ५० किलोमिटर प्रति घण्टाभन्दा छिटो गाडी चलाउन नपाइने

अब उपत्यकाका प्रमुख सडकमा ५० किलोमिटर प्रति घण्टाभन्दा छिटो गाडी चलाउन नपाइने : Icon Khabar

काठमाडौं, फागुन ११ । अबदेखि काठमाडौं उपत्यकाका प्रमुख सडकखण्डमा सवारी चलाउने मोटरसाइकल चालकले ५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा सवारी चलाउन पाउने छैनन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट उपत्यकाका प्रमुख सडक खण्डमा यो नियम लागू गरेको छ । केभीटीपीओका अनुसार कलंकी–कोटेश्वर र कोटेश्वर–भक्तपुर खण्डमा अधिकतम गतिको सीमा ५० किलोमिटर प्रतिघण्टा तोकिएको छ । यी सडकको सर्भिस ट्र्याकमा चल्ने सवारी साधनका लागि प्रतिघण्टा २० किलोमिटरको सीमा तोकिएको छ ।

केभीटीपीओले तीव्र गतिका कारण हुने सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले सवारीसाधनको गति नियन्त्रण गरेको जनाएको छ । नियम उल्लङ्घन गरेको पाइएमा नगद जरिवाना हुनेछ ।

Published Date: 23 February 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु