अब उपत्यकाका प्रमुख सडकमा ५० किलोमिटर प्रति घण्टाभन्दा छिटो गाडी चलाउन नपाइने

अब उपत्यकाका प्रमुख सडकमा ५० किलोमिटर प्रति घण्टाभन्दा छिटो गाडी चलाउन नपाइने : Icon Khabar

काठमाडौं, फागुन ११ । अबदेखि काठमाडौं उपत्यकाका प्रमुख सडकखण्डमा सवारी चलाउने मोटरसाइकल चालकले ५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा सवारी चलाउन पाउने छैनन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट उपत्यकाका प्रमुख सडक खण्डमा यो नियम लागू गरेको छ । केभीटीपीओका अनुसार कलंकी–कोटेश्वर र कोटेश्वर–भक्तपुर खण्डमा अधिकतम गतिको सीमा ५० किलोमिटर प्रतिघण्टा तोकिएको छ । यी सडकको सर्भिस ट्र्याकमा चल्ने सवारी साधनका लागि प्रतिघण्टा २० किलोमिटरको सीमा तोकिएको छ ।

केभीटीपीओले तीव्र गतिका कारण हुने सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले सवारीसाधनको गति नियन्त्रण गरेको जनाएको छ । नियम उल्लङ्घन गरेको पाइएमा नगद जरिवाना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)