दोस्रो भक्तपुर कपको फाइनलमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स

दोस्रो भक्तपुर कपको फाइनलमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स : Icon Khabar

भक्तपुर , फागुन ११ । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनलमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स प्रतिस्पर्धा हुने भएको छ ।

विहीबार भएको सेमिफाइनल खेलमा भक्तपुर युवा टीम र द हिलिङ होम एफसीबीचको प्रतिस्पर्धामा खेलको निर्धारित समयमा दुवै टीमबाट ३–३ गोलको बराबरी नतिजा निकाल्दै पेनाल्टी सुट आउट भएको थियो । दुवै टीमबीच भएको पेनाल्टी सुट आउटमा द हिलिङ होम एफसीले भक्तपुर युवा टीमलाई २–४ गोलले पाराजित गरी द हिलिङ होम एफसी फाइनल प्रवेश गरेको हो ।

खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ४ का जान लिम्बु उदयीमान खेलाडी घोषित भए भने जर्सी नम्बर ७ का अमित लामा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

त्यस्तै विहीबार नै भएको दोस्रो सेमिफाइनल खेलबाट केदारनाथ सुटर्स फाइनल चरणमा प्रवेश गर्न सफल भएको छ । केदारनाथ सुटर्स र गोदावरी युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरी केदारनाथ सुटर्स फाइनलमा प्रवेश गरेको हो । खेलबाट केदारनाथ सुटर्सका जर्सी नं. ४ का सतिस सुवाल उत्कृष्ट खेलाडी र गोदावरी युनाइटेड एफसीका जर्सी नं. ८ का सम्राट लिम्बु उदयीमान घोषित भएका थिए ।

२०७९ फागुन ५ गते शुक्रबारदेखि सुरू भएको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनल, पुरस्कार वितरण तथा समापन समारोह नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा फागुन १३ गते शनिबार हुने  आयोजक टीमका अध्यक्ष केशब त्वानाबासूले जानकारी दिएका थिए ।

प्रतियोगिताको विजेताले नगद एक लाख पच्चीस हजारसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद साठी हजारसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसका साथै प्रतियोगिताबाट अनुशासित टीम र उत्कृष्ट खेलाडीलाई नगद दश हजार र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितका उत्कृष्ट मिडफेण्डर, डिफेण्डर, गोलकिपर, कोच र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्राप्त गर्नेछ ।

Published Date: 23 February 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता