प्राधिकरणका कारण चक्रपथ विस्तारमा समस्या छैन : कुलमान घिसिङ

प्राधिकरणका कारण चक्रपथ विस्तारमा समस्या छैन : कुलमान घिसिङ : Icon Khabar

काठमाडौं, फागुन ११ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चक्रपथ विस्तारमा अख्तियार भएकाले कुनै समस्या नरहेको बताएका छन् ।

दोस्रो चरणको चक्रपथ विस्तारको कलंकी–बसुन्धरा सडकखण्डको बिहीबार निरीक्षणका लागि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङसँगै अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेको घिसिङले बताए ।

कलङ्की–बसुन्धरा सडकखण्डका १५ पोल हटाउन बाँकी रहेकाले १५ दिनभित्र ती पोल हटाउने उनले बताए । प्राधिकरणका कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको उनले स्पष्ट पारे ।

घिसिङले भने, ‘अहिले कलङ्की–चाबहिल सडक खण्डसम्म यो चक्रपथ विस्तारका लागि विद्युतीय पोल सार्ने काम सकिएको छ । सडकको लेभल एक–दुई ठाउँमा मिलाउन बाँकी रहेकाले करिब १५ दिन पोल सार्ने काम बाँकी छ । प्राधिकरणका पोलका कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या छैन ।”

Published Date: 23 February 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’