प्राधिकरणका कारण चक्रपथ विस्तारमा समस्या छैन : कुलमान घिसिङ

प्राधिकरणका कारण चक्रपथ विस्तारमा समस्या छैन : कुलमान घिसिङ : Icon Khabar

काठमाडौं, फागुन ११ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चक्रपथ विस्तारमा अख्तियार भएकाले कुनै समस्या नरहेको बताएका छन् ।

दोस्रो चरणको चक्रपथ विस्तारको कलंकी–बसुन्धरा सडकखण्डको बिहीबार निरीक्षणका लागि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङसँगै अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेको घिसिङले बताए ।

कलङ्की–बसुन्धरा सडकखण्डका १५ पोल हटाउन बाँकी रहेकाले १५ दिनभित्र ती पोल हटाउने उनले बताए । प्राधिकरणका कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या नरहेको उनले स्पष्ट पारे ।

घिसिङले भने, ‘अहिले कलङ्की–चाबहिल सडक खण्डसम्म यो चक्रपथ विस्तारका लागि विद्युतीय पोल सार्ने काम सकिएको छ । सडकको लेभल एक–दुई ठाउँमा मिलाउन बाँकी रहेकाले करिब १५ दिन पोल सार्ने काम बाँकी छ । प्राधिकरणका पोलका कारण कुनै पनि ठाउँमा चक्रपथ विस्तारमा समस्या छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)