सन्दीप लामिछाने युएई जाने नेपाली क्रिकेट टोलीबाट बाहिरिए

सन्दीप लामिछाने युएई जाने नेपाली क्रिकेट टोलीबाट बाहिरिए : Icon Khabar

काठमाडौं, फागुन ११ । सन्दीप लामिछानेले युएईमा हुने आईसीसी विश्वकप लिग दुईका खेल खेल्न नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले युएई जाने खेलाडीको सुचीमा लामिछानेको स्थानमा प्रतिश जीसीलाई राखेको छ ।

स्रोतका अनुसार कानुनी अवरोधका कारण क्यानले विदेशमा हुने सिरिजमा लामिछानेलाई समावेश गरेको छैन ।

नेपालले लिग २ अन्तर्गत फेब्रुअरी २७ देखि मार्च ६ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी २७ मा पपुवा न्युगिनीसँग खेल्नेछ भने फेब्रुअरी २५ मा युएई जानेछ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेपछि क्यानले घरमै स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलका लागि टोलीमा समावेश गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै विदेश जान नदिने उल्लेख गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2023
Website |  + posts
ताजा
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न
मौसम पूर्वानुमान : यी स्थानहरुमा वर्षाको सम्भावना
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व
मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो