सन्दीप लामिछाने युएई जाने नेपाली क्रिकेट टोलीबाट बाहिरिए

सन्दीप लामिछाने युएई जाने नेपाली क्रिकेट टोलीबाट बाहिरिए : Icon Khabar

काठमाडौं, फागुन ११ । सन्दीप लामिछानेले युएईमा हुने आईसीसी विश्वकप लिग दुईका खेल खेल्न नपाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले युएई जाने खेलाडीको सुचीमा लामिछानेको स्थानमा प्रतिश जीसीलाई राखेको छ ।

स्रोतका अनुसार कानुनी अवरोधका कारण क्यानले विदेशमा हुने सिरिजमा लामिछानेलाई समावेश गरेको छैन ।

नेपालले लिग २ अन्तर्गत फेब्रुअरी २७ देखि मार्च ६ सम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी २७ मा पपुवा न्युगिनीसँग खेल्नेछ भने फेब्रुअरी २५ मा युएई जानेछ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेपछि क्यानले घरमै स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलका लागि टोलीमा समावेश गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै विदेश जान नदिने उल्लेख गरेको थियो ।

Published Date: 23 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?