लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा पहिरो संगै नेप्सेमा गिरावट

लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा पहिरो संगै नेप्सेमा गिरावट : Icon Khabar

काठमाडौं, फागुन ११ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.७८ प्रतिशत अर्थात ५७.७४ अंक घटेर २०२२.६४ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ११.९५ अंक, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। आज २६० स्टकको ४८ हजार १०५ पटकको कारोबारमा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज २३ स्टकको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये नेपाल हाइड्रो डेभलोपर्स र सापलिङ्ग पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज छिमेक लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज एनआईसी एशिया र हिमालयन डिष्टिलरीको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेसँगै आज लघुवित्त उपसमूहको परिसूचक पनि उच्च दरले घटेको छ। सो उपसमूहको परिसूचक सर्वाकि ९.५४ प्रतिशत घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 February 2023
Website | + posts