नेपालका प्रथम रक गायक माइक खड्काको निधन

नेपालका प्रथम रक गायक माइक खड्काको निधन : Icon Khabar

काठमाडौं, फागुन ११ । नेपालका प्रथम रक गायक माइक खड्काको बिहीबार ललितपुरस्थित आफ्नै निवासमा निधन भएको छ । उनी ६९ वर्षका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनको वास्तविक नाम मुकुन्दकुमार खड्का भए पनि उनको स्टेजको नाम माइक खड्का थियो ।

निर्देशक तथा रेडियो व्यक्तित्व प्रकाश सायमीले खड्काको निधनले नेपाली सांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले खड्कालाई नेपालको एल्विस प्रेस्ली भनिने पनि बताए । खड्का नेपाली, हिन्दी र अङ्ग्रेजी सङ्गीतका जानकार पनि हुन् ।

खड्लाले ओमविक्रम विष्ट, अरुण थापा र दिव्या खालिङजस्ता गायकसँग सहकार्य गरेका थिए । केही अङ्ग्रेजी गीत रेकर्ड गरे पनि एल्बम निकाल्न सकेनन् । उनले फ्रिडमसँग पनि सहकार्य गरे, जुन देशको सबैभन्दा पुरानो म्युजिकल ब्यान्ड मानिन्छ।

पछिल्लो समय उनी संगीतमा किताब लेख्ने तयारीमा थिए । उनी क्लासिक एफएमका निर्देशक पनि थिए। उनले सोही एफएममा कार्यक्रम पनि सञ्चालन गरेका थिए । स्वर्गीय खड्काका श्रीमती र एक छोरा रहेका छन् ।

Published Date: 23 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?