भक्तपुर, वैशाख १२ । भक्तपुर कटुन्जेस्थित मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कूलको प्राङ्गणमा आज सम्पन्न भएको वृहत निःशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य सहभागिता देखिएको छ।
वरुणपुर कृषि सहकारी संस्था लिमिटेड र मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कूलको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त शिविर बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म चलेको थियो।
शिविरमा जम्मा १४५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये हाडजोर्नी तथा नशा रोग सम्बन्धी ४५ जना, बालरोग विशेषज्ञ सेवा लिने २५ जना, स्त्रीरोग सम्बन्धी ३० जना र सामान्य स्वास्थ्य जाँच गराउने ४५ जना रहेका छन्।
त्यसैगरी, भिडियो एक्स-रे सेवा ५६ जनाले तथा सुगर परीक्षण ५० जनाले गराएका थिए।
स्वास्थ्य परीक्षणका क्रममा केही महिलाहरूमा पाठेघरसम्बन्धी समस्या देखिएको तथा करिब ८/९ जनामा पित्तथैली र मृगौलामा पत्थरी (ढुंगा) को समस्या समेत फेला परेको चिकित्सकहरूले जनाएका छन्।
शिविरमा डा. इबामुरा मेमोरियल अस्पतालका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोग रहेको थियो। आयोजनाले स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य सचेतना अभिवृद्धिमा टेवा पुर्याएको जनाएको छ।
Published Date: 25 April 2026