कोहली र पडिक्कलको अर्धशतकमा आरसिबीको‌ जित

कोहली र पडिक्कलको अर्धशतकमा आरसिबीको‌ जित : Icon Khabar

काठमाडौँ, वैशाख १२ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ।‌ शुक्रबार बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले १८.५ ओभरमा ५ विकेट गुमाएर २०६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

त्यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले ५८ बलमा शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ५८ बलमा उनले १० चौका र छक्कासहित १ सय रन बनाए।

कप्तान शुभमन गिलले २४ बलमा ३२ रन र जोस बटलरले २५ रन जोडे। वासिङ्टन सुन्दर १९ र जेसन होल्डर २३ रनमा अविजित रहे। आरसिबीका भुवनेश्वर कुमार, जोस हेजलवड र सुयश शर्माले समान १ विकेट।

लक्ष्य पछ्याउने क्रममा आरसिबीका विराट कोहली र देवदत्त पडिक्कलले उत्कृष्ट ब्याटिङ गरे। दुबैले अर्धशतक पूरा गरे।

कोहलीले ४४ बलमा ८ चौका र ४ छक्कासहित ८१ रन बनाए । पडिक्कलले २७ बलमा ६ छक्का र २ चौकासहित ५५ रन बनाए।

यी दुईले दोस्रो विकेटका लागि ९.५ ओभरमा १ सय १५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए। टिम डेभिड १० र क्रुनाल पाण्डेयले नटआउट २३ रन जोडे।

गुजरातका रशिद खानले २, मोहम्मद सिराज, होल्डर र मानव सुधारले‌ समान १ विकेट लिए। १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। गुजरात सातौं स्थानमा यथावत छ।

Published Date: 25 April 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु