काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह

काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह : Icon Khabar

काठमाडौँ, चैत १३ । प्रधानमन्त्री बालेन शाहले पहिलो मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरूलाई कडा सन्देश दिएका छन्। काम गर्न नसक्ने भए राजीनामा दिन र सक्षम व्यक्तिलाई अवसर दिन उनले स्पष्ट निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बालेनले सरकारको काम गर्ने गति छिटो हुनुपर्नेमा जोड दिए। “हामी छिटो काम गर्नेछौँ, यदि कसैलाई यो गति अनुसार काम गर्न सकिँदैन जस्तो लाग्छ भने राजीनामा दिनू, अर्को मान्छे आउँछ,” उनको भनाइ उद्धृत गर्दै एक मन्त्रीले जानकारी दिएका छन्।

बैठकमा उनले मन्त्रीहरूलाई अब्बल र सक्षम टोली भएको भन्दै प्रशंसा पनि गरे। साथै, जनसेवा र नागरिक सर्वोच्चतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए।

प्रधानमन्त्री बालेनले कानुनी अड्चन देखाएर काम रोकिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै आवश्यक परे कानुन नै संशोधन गरेर अघि बढ्ने संकेत दिए। “कानुनलाई बहाना बनाएर काम नगर्ने होइन, समाधान खोज्ने हो,” भन्ने सन्देश उनले दिएका छन्।

त्यस्तै, गलत निर्देशन नमान्न र सही काम कुनै पनि हालतमा नरोक्न उनले मन्त्रीहरूलाई सचेत गराएका छन्। बैठकको अन्त्यमा उनले “नेपाल हाँसेको हेर्न चाहन्छु” भन्ने भाव व्यक्त गर्दै सरकारको लक्ष्य स्पष्ट पारेका छन्। यससँगै बालेन नेतृत्वको सरकार तीव्र गतिमा काम गर्ने संकेत देखिएको छ।

Published Date: 27 March 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी