अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू

अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू : Icon Khabar

काभ्रेपलाञ्चोक, चैत १२ । शुक्रबार साँझ परेको अविरल बर्षाका कारण रोशी खोलामा आएको बाढीमा ७ जना व्यक्तिहरू फसेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु फसेको र उद्धारको प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार एउटा गाडी बगाएको छ । ‘त्यो गाडी बगाउन लागेपछि यात्रुहरू झरेर ठूलो ढुङ्गामा चढेर बस्नुभको छ । अध्यारो र पानी परिरहेको कारण उद्धारमा केही कठिनाइ भएको छ,’ एसपी शाहले भने ।

अहिले प्रहरी चौकी भकुण्डेका इन्चार्ज गणेश श्रेष्ठको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Published Date: 27 March 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी