सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी

सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी : Icon Khabar

काठमाडौं, कार्तिक २७ । सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन भएको छ। कोषका अनुसार गत असोज मशान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन्।

कोषमा सहभागिताको हिसावले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ठूलो छ। सोही कारण योगदानको हिसाबले पनि उनीहरुले नै बढी गरेका छन्। कोषका अनुसार वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आवद्ध भएका छन्।

यो कुल योगदानकर्ताको करिव ७५ प्रतिशत हो। त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आवद्ध भएका छन्। औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन्।

प्रदेशगत रूपमा वागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ। त्यसपछि लुम्बिनी, मधेस, गण्डकी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन्। वागमतीमा रोजगारदाता संस्थाको संख्या पनि सबैभन्दा धेरै छ।

तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आवद्ध छन्। प्रदेशगत रूपमा बागमतीमा १५ हजार ५५१ रोजगारदाता संस्था छन्। कोशीमा २ हजार ७०३, मधेशमा १ हजार ३२१, गण्डकीमा १ हजार ४२८, लुम्बिनीमा २ हजार १९०, कर्णालीमा ३१४ र सुदूरपश्चिममा ३८० रोजगारदाता संस्था आवद्ध छन्।

यसले सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको सहभागिता बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको देखाएको छ। विशेषगरी निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत औपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका छन्।

कोषमा आवद्ध हुने योगदानकर्ताको संख्यामा वैदेशिक रोजगारी क्षेत्र सबैभन्दा अगाडि छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रबाट ठूलो संख्यामा योगदानकर्ता थपिएका हुन्।

औपचारिक क्षेत्रपछि योगदानकर्ताको ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको छ। तर अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्युन छ। कुल ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा अनौपचारिक क्षेत्रका १ हजार १६८ र स्वरोजगार क्षेत्रका १ हजार ४९२ जना मात्रै कोषमा जोडिएका छन्। यसले श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अझै चुनौती रहेको देखाएको छ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ।

कोषको तथ्यांकअनुसार यी योजनासहित अन्य योगदान तथा प्रतिफलसमेत जोड्दा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ। यस अवधिमा कोषबाट विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा लिँदै आएका छन्।

कोषमा आवद्ध श्रमिकले योगदानका आधारमा स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्ततासम्बन्धी सुरक्षा, आश्रित परिवारलाई सुविधा र वृद्धावस्थामा पेन्सन तथा अवकाश सुविधासमेत पाउने व्यवस्था छ।

Published Date: 13 November 2026
Website | + posts




















ताजा
छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस
‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन
सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी
आज दिउँसो देशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?