‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन

‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन : Icon Khabar

काठमाडौं, कार्तिक २७ । तिहारका अवसरमा आफन्त तथा साथीभाइसँग मासुजन्य परिकार र मदिरासहित भोज गरेको विषय सार्वजनिक भएपछि विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

भोज आयोजना गरेको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरूले आलोचना गर्न थालेपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् ।

उनले जीवनमा पहिलो पटक केही साथीहरूसँग भेटघाट तथा रमाइलो गर्ने उद्देश्यले डेरामा सानो भोज खाने सल्लाह गरेको भए पनि उक्त भोज नै अन्तिम भोज हुने अवस्था आएको भन्दै व्यङ्ग्यात्मक शैलीमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री पुनका अनुसार उक्त भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको थियो । भोजका लागि आफूले ३ किलो बंगुरको मासु, २ किलो कुखुराको मासु तथा साग, धनियाँ, मुला र काँक्रा मात्रै खरिद गरेको उनले बताएका छन् । बाँकी परिकार चित्र र लुकेश नामका साथीहरूले पकाएको पनि उनले स्पष्ट पारेका छन् ।

त्यसैगरी भोजमा प्रयोग गरिएको ह्विस्की, वाइन, कोदोको रक्सी र बियर आफूले नभई साथीहरूले नै ल्याएको उनको दाबी छ ।

आफूले कुनै कुरा नढाँटेको उल्लेख गर्दै उनले पत्रकारहरूप्रति व्यङ्ग्य गर्दै माफीसमेत मागेका छन् । ‘माफ पाऊँ पत्रकार सरकारहरू ! ठूलो गल्ती भएछ । कान समातेर उठबस गरें ल,’ उनले आफ्नो अभिव्यक्तिमा लेखेका छन् ।

तिहारको समयमा आफन्त तथा साथीभाइसँग सामान्य भेटघाटका क्रममा भोज आयोजना गरेको विषयले सार्वजनिक चर्चा र आलोचना पाएपछि मन्त्री पुनको यो स्पष्टीकरण आएको हो ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरूको निजी जीवनशैली, आचरण र सार्वजनिक व्यवहारबारे नागरिक तथा सञ्चारमाध्यमले चासो राख्नु स्वाभाविक भए पनि यस विषयमा मन्त्री पुनले आफ्नो पक्ष स्पष्ट पार्ने प्रयास गरेका छन् ।

Published Date: 13 November 2026
Website | + posts




















ताजा
छोरी आयंकालाई प्रियंकाले लगाइदिइन् भाइटीका, सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस
‘३ किलो बंगुर र २ किलो कुखुराको मासु मात्रै किनेको हुँ’ : मन्त्री पुन
सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ता सहभागी
आज दिउँसो देशको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?