“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै

“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै : Icon Khabar

भक्तपुर, चैत १३ । भक्तपुरमा “नेटिभ पर्यटकसँगको यात्रा” नामक विशेष हेरिटेज वाक कार्यक्रम भोलि शनिबार सञ्चालनमा आउने भएको छ। उक्त कार्यक्रम स्थानीय सम्पदा अनुसन्धानकर्ता रूशेल शिल्पकारद्वारा संयोजन गरिएको हो।

शिल्पकार “३६५ दिनको भक्तपुर अन्वेषण” नामक एक वर्षे एकल यात्राका कारण परिचित छन्। यस अवधिमा उनले भक्तपुरका लुकेका पक्षहरू खोजी, अभिलेखीकरण तथा पुनःअन्वेषण गरेका थिए।

उक्त अनुभव, अनुसन्धान तथा स्थानीय जीवनसँगको प्रत्यक्ष सम्बन्धका आधारमा तयार गरिएको यो वाकले सहभागीहरूलाई भक्तपुरका प्रख्यात सम्पदाभन्दा बाहिर गएर शहरको वास्तविक स्वरूप अनुभव गराउने लक्ष्य राखेको छ।

यस वाकमा प्राचीन मन्दिरहरू, पवित्र नदी किनार, मध्यकालीन किल्लाका अवशेष, साँघुरा गल्लीहरू, लुकेका आँगनहरू, व्यस्त चोकहरू तथा परम्परागत बस्तीहरू अवलोकन गराइनेछ। साथै, शहरको परम्परागत शहरी योजना र इतिहासले कसरी आजको जीवित शहरको रूप दिएको छ भन्ने विषयमा पनि छलफल गरिनेछ।

आयोजकका अनुसार, यो कार्यक्रम परम्परागत भ्रमणभन्दा फरक किसिमको हुनेछ, जसले सहभागीहरूलाई दैनिक जीवन, सांस्कृतिक तहहरू र सामाजिक अभ्यासहरूलाई नजिकबाट बुझ्न प्रेरित गर्नेछ।

यस वाकले भक्तपुरलाई केवल ऐतिहासिक स्थल मात्र नभई एक जीवित र गतिशील शहरका रूपमा अनुभव गराउने विश्वास गरिएको छ। कार्यक्रममा सह आयोजकका रूपमा होटल एसोसिएशन अफ भक्तपुर, कला क्रियटिभ्स र मतिना इनिसियटिभ रहेका छन्।

Published Date: 27 March 2026
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?