सूर्यविनायकको मन्टेसरी एजुकेशन स्कूलमा भोलि शनिबार निःशुल्क आँखा शिविर आयोजना हुँदै

सूर्यविनायकको मन्टेसरी एजुकेशन स्कूलमा भोलि शनिबार निःशुल्क आँखा शिविर आयोजना हुँदै : Icon Khabar

भक्तपुर, चैत ६ । भक्तपुरको सूर्यविनायक क्षेत्रमा निःशुल्क आँखा शिविर आयोजना हुने भएको छ। मन्टेसरी एजुकेशन स्कूल सूर्यविनायक भक्तपुरको आयोजनामा तथा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुन लागेको हो।

विद्यालयका अनुसार ‘निःशुल्क आँखा शिविर–२०८२’ अन्तर्गत सहभागीहरूलाई आँखा परीक्षण तथा चस्मा जाँच सेवा प्रदान गरिनेछ। आवश्यकताका आधारमा निःशुल्क औषधि वितरण गरिनुका साथै मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिने जनाइएको छ।

शिविर चैत ७ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थल मन्टेसरी एजुकेशन स्कूल, सूर्यविनायक–८ (एनआइएमबी बैंक पछाडि) रहेको छ।

विद्यालयले स्थानीय बासिन्दालाई समयमै उपस्थित भई सेवा लिन अनुरोध गरेका छन्।

Published Date: 20 March 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै