देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, चैत ५ । भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरी आउने सम्भावना रहेको पूर्वानुमान गरिएको छ। मौसममा आउने यस आकस्मिक परिवर्तनका कारण सर्वसाधारणलाई सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरी चल्दा घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न तथा आगलागी हुन सक्ने स्रोतहरू बन्द गर्न अनुरोध गरेको छ। सवारी साधन चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकेर बस्न र भीडभाडमा हुँदा नआत्तिई शान्त रूपमा सुरक्षित स्थानतर्फ सर्न पनि सुझाव दिइएको छ।

त्यसैगरी, हावाहुरीको समयमा कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न विशेष आग्रह गरिएको छ। यदि कतै बिजुलीको तार लत्रिएको अवस्थामा देखिएमा त्यसलाई नछुन र सो समयमा विद्युतीय उपकरण प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ।

जोखिमयुक्त स्थानमा बसोबास गर्ने वा आवतजावत गर्नेहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गर्दै प्राधिकरणले आपतकालीन अवस्थामा ‘हेलो गृह मन्त्रालय’ मार्फत सम्पर्क गर्न समेत आग्रह गरेको छ।

सम्बन्धित निकायले सम्भावित जोखिम न्यूनीकरणका लागि सबैलाई सजग र जिम्मेवार बन्न अपिल गरेको छ।

Published Date: 19 March 2026
ताजा
देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
अमरज्योति ज्ञानकुञ्जको तेह्रौँ वार्षिकोत्सव: प्रतिभा, मूल्य र भविष्यको उज्यालो सम्भावना
आगामी चैत ३० गते आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा हुने
मध्यपूर्व युद्ध: ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता