दृष्टिविहीन वा शारीरिक अशक्तता भएकाका लागि आगामी मतदानमा विशेष व्यवस्था

दृष्टिविहीन वा शारीरिक अशक्तता भएकाका लागि आगामी मतदानमा विशेष व्यवस्था : Icon Khabar

काठमाडौं, फागुन १ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा मतसंकेत गर्न नसक्नेहरूका लागि आगामी मतदानमा विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

साथै गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई पनि लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिने गरी व्यवस्थापन गरेको आयोगले जनाएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैं मतसंकेत गर्न नसक्ने भई मतदाताले एकाघरको परिवारको सदस्यलाई आफूसँग मतसंकेत गर्ने गोप्य स्थानमा लैजान मतदान अधिकृतसँग अनुमति माग्नुपर्ने हुन्छ । यस्तो मागमा मतदान अधिकृतले अनुमति दिन सक्नेछन् ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको मतदाताले आफैं मतसंकेत गर्न नसक्ने भई मतसंकेतका लागि सहयोग मागे मतदान अधिकृतले मतसंकेत गर्ने काममा सहयोग गर्नुपर्ने आयोगले जनाएको छ ।

२१ फागुनमा देशभर प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । आयोगका अनुसार मतदान केन्द्र र मतदान स्थल तय भइसकेका छन् । ती ठाउँको व्यवस्थापनको ससन्दर्भमा आयोगले के कस्तो व्यवस्था गर्ने भनेर नीति बनाएको छ । जस अन्तगर्गत दृष्टिविहीन वा शारीरिक अशक्तता भएकालाई मतदानमा विशेष व्यवस्था गरिने भएको हो ।

Published Date: 13 February 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली