आज महाशिवरात्रि पर्व, सिपारे महाद्य: (डोलेश्वर) मा भक्तजनहरुको भीड

आज महाशिवरात्रि पर्व, सिपारे महाद्य: (डोलेश्वर) मा भक्तजनहरुको भीड : Icon Khabar

भक्तपुर, फागुन  ३ । आज हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिको अवसरमा भक्तपुरको प्रसिद्ध धार्मिक स्थल सिपारे महाद्य: (डोलेश्वर) महादेव मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरुको उल्लेखनीय भीड लागेको छ।

भगवान शिवको आराधना तथा पूजा–अर्चना गर्न देशका विभिन्न स्थानबाट श्रद्धालुहरु सिपारे महाद्य: (डोलेश्वर) पुगेका छन्। भक्तजनहरुले बिहान सबेरै स्नान गरी जल, बेलपत्र, धतूरा तथा फलफूल चढाएर विशेष पूजा गरेका छन्। मन्दिर परिसरमा भजन–कीर्तन, दीप प्रज्वलन तथा रुद्राभिषेक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार महाशिवरात्रिको दिन हजारौं भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ। सुरक्षाको दृष्टिले नेपाल प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने दर्शनलाई व्यवस्थित बनाउन विशेष व्यवस्था मिलाइएको छ।

महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लाग्ने गरेको छ। डोलेश्वर महादेवलाई भगवान शिवकै प्राचीन स्वरूपका रुपमा पूजिने भएकाले यहाँ महाशिवरात्रिको विशेष धार्मिक महत्व रहँदै आएको छ।

Published Date: 15 February 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली