के बजारमा खाना पकाउने ग्यास नपाएकै हो ?

के बजारमा खाना पकाउने ग्यास नपाएकै हो ? : Icon Khabar

काठमाडौँ, माघ २८ । बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको छ ।डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।

प्रवक्ता ठाकुरका अनुसार नेपाल ग्यासको वितरण सुरु भइसकेको छ भने एभरेस्ट र सुगम ग्यासको काउन्टर पनि तत्काल सञ्चालनमा आउँदैछ । उनले भने, ‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्नो डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आई सहज रूपमा ग्यास लिन सक्नुहुन्छ ।’

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहँदा प्रवक्ता ठाकुरले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको उनको भनाइ छ ।

ठाकुरले भने, ‘हाम्रो मासिक खपत ३० लाख सिलिन्डर हो । ३० लाख उद्योगमा, ३० लाख ट्रान्जिटमा र ३० लाख उपभोक्ताको घरमा हुन्छ । तर, अहिले बजारमा रहेका रित्ता सिलिन्डरहरू उपभोक्ताले एकैपटक भर्न खोज्दा केही चाप परेको हो । नियमित माग अनुसारको आपूर्ति भइरहेको छ, तर ’एक्स्ट्रा’ मौज्दात भने छैन ।’

एउटा मात्र सिलिन्डर हुने सर्वसाधारण बढी मर्कामा परेको र ग्यास नपाएर रुनुपर्ने अवस्था आएको गुनासोलाई सम्बोधन गर्न निगमले यो आकस्मिक बिक्री कक्ष (काउन्टर) को व्यवस्था गरेको हो।ग्यास नपाएका सर्वसाधारणले खाली सिलिन्डरसहित नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा सम्पर्क गर्न सक्नेछन्।

Published Date: 11 February 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली