मुस्ताङमा ३९ मतदान केन्द्र कायम, समरमा सबैभन्दा कम र जोमसोममा सबैभन्दा बढी मतदाता

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, समरमा सबैभन्दा कम र जोमसोममा सबैभन्दा बढी मतदाता : Icon Khabar

काठमाडौँ, माघ २८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल तोकिएका छन्। जिल्लाका पाँच स्थानीय तहमा सबैभन्दा कम मतदाता वारागुङ मुक्तिक्षेत्र–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३६ जना रहेका छन् भने सबैभन्दा बढी घरपझोङ गाउँपालिका–४ जोमसोमको जनहित मतदान केन्द्रमा ६८९ जना मतदाता छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७९ को निर्वाचनपछि मतदाता नामावली अद्यावधिक हुँदा मुस्ताङमा कूल ११ हजार ३२८ मतदाता कायम भएका छन्। पालिकागत रूपमा घरपझोङमा २,४९२, थासाङमा २,९०७, लोघेकर दामोदरकुण्डमा १,५४२, वारागुङ मुक्तिक्षेत्रमा २,३७६ र लोमान्थाङमा २,०११ मतदाता छन्।

निर्वाचन आयोगले बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार स्थानीय तहले सिफारिस गरेका व्यक्तिलाई प्रशिक्षक तालिम दिएपछि जिल्लाका सबै २५ वडामा मतदाता शिक्षा कार्यक्रम अघि बढाइनेछ।

Published Date: 11 February 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली