प्रतिनिधिसभा चुनाव: भक्तपुर–२ मा कसको जित?

प्रतिनिधिसभा चुनाव: भक्तपुर–२ मा कसको जित? : Icon Khabar

काठमाडौं, माघ २० । भक्तपुर क्षेत्र नम्बर २ मा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुराना र नयाँ उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रबाट विगतमा नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएका छन् ।

२०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बसुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए ।

यसपटक ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख उम्मेदवारमा एमाले सचिव महेश बस्नेत, कांग्रेसका कविर राणा, माओवादीका रामप्रसाद सापकोटा, रास्वपाका राजीव खत्री, नेमकिपाका रमेश वैद्य, राप्रपाका विक्रम थापा र उज्यालो नेपाल पार्टीका जितराम लामा छन् ।

उम्मेदवारहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र पर्यटनलाई मुख्य एजेन्डा बनाएका छन् ।

यस क्षेत्रमा कुल ९८ हजार ३५६ मतदाता छन् । ३९ मतदान स्थल र ११४ मतदान केन्द्र तोकिएका छन् । मध्यपुर थिमी नगरपालिकाका ९ र सूर्यविनायक नगरपालिकाका १० वडा यस क्षेत्रमा पर्छन् ।

Published Date: 03 February 2026


ताजा
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो
रास्वपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी