निर्वाचन प्रहरीमा मास्टर डिग्री होल्ड पनि भर्ना

निर्वाचन प्रहरीमा मास्टर डिग्री होल्ड पनि भर्ना : Icon Khabar

काठमाडौं, माघ १९ । निर्वाचन प्रहरीमा डिग्री होल्डर (स्नातकोत्तर उत्तीर्ण) पनि भर्ना भएका छन् ।

नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ देखि उनीहरूको १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक व्यायाम, सलामी दिने अभ्यास र सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता विषयमा प्रशिक्षण दिइन्छ ।

काठमाडौंमा मात्रै ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् । तीमध्ये डिग्री ६ जना स्नातकोत्तर उत्तीर्णहरु रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । यसैगरी ३५ जना स्नातक उत्तीर्ण छन् ।

देशभरबाट कति स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरु भर्ना भएका छन् भन्ने विवरण भने संकलन भइरहेको छ । डीआईजी काफ्ले भने, ‘स्नातकोत्तर उत्तीर्ण पनि भर्ना भएका छन्, तर सम्पूर्ण विवरण आउन बाँकी भएकाले संख्या पक्का गर्न केही समय लाग्नेछ ।’

यो पटकको निर्वाचनका लागि कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिने तयारीमा छन् ।

Published Date: 02 February 2026
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ