प्रधानमन्त्री कार्कीद्वारा पहिलोपटक संसद्मा सम्बोधन

प्रधानमन्त्री कार्कीद्वारा पहिलोपटक संसद्मा सम्बोधन : Icon Khabar

काठमाडौं, माघ १९ । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । उनले केहीबेरदेखि सभालाई सम्बोधन गरिरहेकी हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्‍याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् ।

‘जीवनमा यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो । रहरले पनि होइन । मैले खोजेर गएको पनि होइन । परिस्थितिले बाध्य बनायो । म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘र अहिले यो जुन अवसर मैले यहाँ पाएँ, सायद जीवनमा फेरि पाउन कठिन छ होला । मैले पाउने आशा गरेको पनि छैन ।’

आज पहिलोपटक यस्तो अनुभव गर्न पाएकोमा खुसी लागेको उनले बताइन् ।

Published Date: 02 February 2026


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी