काठमाडौँ, माघ १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य तीन लाख रुपैयाँ थियो। त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो।
Published Date: 02 February 2026