प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सभाहलको व्यवस्था गरिदिनु होला: संघीय संसद सचिवालय

प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सभाहलको व्यवस्था गरिदिनु होला: संघीय संसद सचिवालय : Icon Khabar

काठमाडौँ, माघ १३ । संघीय संसद सचिवालयले सरकारलाई प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि सभाहलको व्यवस्था गरिदिन पत्र पठाएको छ।

सचिवालयले भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन र आन्दोलन क्रममा संसद भवनका रूपमा प्रयोग भइरहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन क्षति भएको उल्लेख गर्दै नयाँ भवनको व्यवस्था गरिदिन मुख्य सचिवलाई पत्र पठाएको हो।

संसद सचिवालयले फागुन २१ गतेको निर्वाचनपछि तत्कालै बैठक सञ्चालनका लागि सभाहल, पदाधिकारी र सचिवालयका कर्मचारीहरूको कार्यकक्ष, संसदीय दलका कार्यालयहरू, सभा सञ्चालनका लागि अडिओ/भिडिओ रेकर्डिङ, लाइभ प्रसारण, श्रव्यदृश्य र सूचना प्रविधि सम्बन्धी उपकरणहरू सहितको भवनको व्यवस्था गरिदिन आग्रह गरेको हो।

संसद सचिवालयका सहसचिव बबिता मिश्रले मुख्य सचिवलाई लेखेको पत्रको बोधार्थ अर्थ मन्त्रालय, कानुन मन्त्रालय र सहरी विकास मन्त्रालयलाई समेत दिइएको छ।

सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवन तयार भइसकेको छैन। भवन तयार नभएकाले सचिवालय नयाँ भवनको खोजीमा लागेको हो।

Published Date: 27 January 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न