प्रधानमन्त्री सुशीला कार्कीद्वारा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

प्रधानमन्त्री सुशीला कार्कीद्वारा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण : Icon Khabar

काठमाडौं, माघ १३ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।

सो क्रममा उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने उनको भनाइ थियो ।

काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने छोटो दुरीको यो मार्गलाई रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।

करिब ७१ किलोमिटर लामो यो द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ । २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि आयोजनाले नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहणजस्ता विभिन्न समस्या झेल्दै आएको छ ।

आयोजनाको २०८२ असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत छ ।

Published Date: 27 January 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै