मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु : Icon Khabar

मेक्सिको सिटी, माघ १२ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमण सलामान्का शहरको छिमेकमा भएको हो ।

मेयर कार्यालयद्वारा जारी विज्ञप्तिमा आक्रमणमा संलग्न व्यक्तिहरूको खोजीका लागि सुरक्षा निकायले अपरेसन सुरु गरेको जनाइएको छ । विज्ञप्तिअनुसार घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । गोली लागेर घाइते भएका १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि शनिबार राति पनि सोही शहरमा मानव अवशेषसहित चारवटा झोला फेला परेको थियो । ग्वानाजुआतो औद्योगिक रूपमा समृद्ध र लोकप्रिय पर्यटन गन्तव्य भए पनि सामूहिक हिंसाका घटनाका कारण मेक्सिकोको सबैभन्दा घातक राज्यका रूपमा चिनिँदै आएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकयताकै न्यून स्तरमा झरेको दाबी गरेकी थिइन् । तर हाल पनि मेक्सिकोको हत्या दर अन्य देशको तुलनामा उच्च नै रहेको बताइन्छ । – रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2026