काठमाडौँ, माघ १२ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान ५:४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । यससँगै उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको हो ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही भूभागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । दिउँसो अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने भए पनि राति केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो लाग्ने छ । हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
Published Date: 26 January 2026