आज काठमाडौंमा पानी पर्ने सम्भावना

आज काठमाडौंमा पानी पर्ने सम्भावना : Icon Khabar

काठमाडौँ, माघ १२ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान ५:४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । यससँगै उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको हो ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका केही भूभागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । दिउँसो अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने भए पनि राति केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो लाग्ने छ । हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

Published Date: 26 January 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै