भक्तपुर, माघ १२ । वी किड्स पाण्डुबजार हाइट, भक्तपुरमा आइतबारदेखि एक हप्तासम्म सञ्चालन हुने स्पोर्ट्स कार्निभल सुरु भएको छ । कार्निभलको उद्घाटन विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले बलुन उडाएर गरिन् ।
बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने जनाउँदै विद्यालयले यस प्रकारको कार्निभल आयोजना गरेको जनाएको छ । एक हप्तासम्म चल्ने कार्निभलमा विभिन्न खेलकुद गतिविधि, मनोरञ्जनात्मक खेल, समूहगत सहभागिता तथा बालमैत्री खेल कार्यक्रमहरू समावेश छन् ।
कार्यक्रममा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका छन् । विद्यालय प्रशासनका अनुसार खेलकुदमार्फत बालबालिकामा अनुशासन, सहकार्य र आत्मविश्वास विकास गर्ने उद्देश्यले स्पोर्ट्स कार्निभल आयोजना गरिएको हो ।
एक हप्तासम्म सञ्चालन हुने यस कार्निभलले विद्यार्थीहरूलाई सिकाइसँगै रमाइलो वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Published Date: 26 January 2026