वी किड्स पाण्डुबजार हाइटमा स्पोर्ट्स कार्निभल सुरु

वी किड्स पाण्डुबजार हाइटमा स्पोर्ट्स कार्निभल सुरु : Icon Khabar

भक्तपुर, माघ १२ । वी किड्स पाण्डुबजार हाइट, भक्तपुरमा आइतबारदेखि एक हप्तासम्म सञ्चालन हुने स्पोर्ट्स कार्निभल सुरु भएको छ । कार्निभलको उद्घाटन विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले बलुन उडाएर गरिन् ।

बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने जनाउँदै विद्यालयले यस प्रकारको कार्निभल आयोजना गरेको जनाएको छ । एक हप्तासम्म चल्ने कार्निभलमा विभिन्न खेलकुद गतिविधि, मनोरञ्जनात्मक खेल, समूहगत सहभागिता तथा बालमैत्री खेल कार्यक्रमहरू समावेश छन् ।

कार्यक्रममा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका छन् । विद्यालय प्रशासनका अनुसार खेलकुदमार्फत बालबालिकामा अनुशासन, सहकार्य र आत्मविश्वास विकास गर्ने उद्देश्यले स्पोर्ट्स कार्निभल आयोजना गरिएको हो ।

एक हप्तासम्म सञ्चालन हुने यस कार्निभलले विद्यार्थीहरूलाई सिकाइसँगै रमाइलो वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Published Date: 26 January 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै